
पोखरा-पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशा रावतले प्राप्त गरिन् । रावतले ५० मिनेट १२.३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाईन् ।
नेपाल पुलिसकी धाविका बृष्मा कुमालले ५० मिनेट २९.६४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहिन् । नेपाली सेनाकी कल्पना खड्का तेस्रो स्थानमा रहने क्रममा ५१ मिनेट ०६.७७ सेकेण्डको समय लगाएकी थिईन । उनीहरुलाई क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरुष तर्फको १० किलोमिटर दौडको पुरस्कार नेपाली सेनाका धावक सन्जय श्रेष्ठको नाममा लेखियो । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाएका हुन् । त्यस्तै नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो स्थानमा आए । कार्कीले ३६ मिनेट ५४.९ सेकेण्डमा पुरा गरेका थिए ।
तेस्रो स्थानमा भने पाँचथरका दिपक सुहाङ आए । उनले ३७ मिनेट ००.८ सेकेण्डमा पुरा गरे । विजेता धावकहरुले पनि क्रमश ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गरे । शनिबार दौड पोखरा रंगशालाबाट शुरु भएर पोखराको विभिन्न बजार क्षेत्र परिक्रमा गरेर पोखरा रंगशालामै फर्केर टुंगिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…