
पोखरा-महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपुराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डको समय लगाउँदै पुरा गरिन ।
गतवर्षको उनको समय १ घण्टा २१ ीमनेट २६ सेकेण्डको थियो । दोस्रो स्थानमा रहेकी सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डको समय लगाईन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । विजेता महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, १ लाख रुपैयाँ र ७५ हजार रुपैयाँ प्राप्त गरे ।
म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’को टाईटलको लागि प्रतिस्पर्धा गरेका थिए । महिला हाफ म्याराथनमा एकसय धाविकाले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए । दौडमा केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता रहेको आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…