
पोखरा-१७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लमजुङका रमजी बस्नेतले उपाधि जितेका छन् । उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पुरा गरेका थिए । बस्नेतले नगद ५० हजार राशी प्राप्त गरे ।
गोखराका निरज भट्ट क्षेत्री दोस्रो स्थानमा रहे । उनले निर्धारित दुरीलाई २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पुरा गर्र्दै नगद ३० हजार नगदराशी प्राप्त गरे । गोरखाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रोे स्थानमा रहे । उनले नगद २० हजार प्राप्त गरे । त्यसैगरी कास्की अन्नपूर्ण गाँउपालिकाका सरोज शर्मा भने चौथो स्थानमा आएका छन् । शर्माले २ घण्टा ५० मिनेट ३८ सेकेण्डको समय लगाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…