
पोखरा-पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को बुधबार क्वार्टरफाईनल समीकरण पुरा भएको छ ।
पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा बिहीबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसियसन बीच हुने छ । भ्याली स्पोट्र्स क्लव र एपेक्स बीच अन्तिम चारको लागि प्रतिस्पर्धा गर्ने छन । नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लवको विजेता सेमिफाईनल प्रवेश गर्ने छ । अन्तिम क्वाटरफाइनल खेल सहारा क्लव र आर्दश युवा क्लव बिच खेल हुने भएको क्लवले जनाएको छ ।
बुधबार भएको पहिलो खेलमा बिष्णुपादुकाले अमरसिंह व्वाईज क्लव (एबीसी) लाई ३—० को गोल अन्तरले पराजित गरेको थियो । खेलमा बिष्णुपादुकाका सुविन श्रेष्ठले ३१ र ४३ औं मिनेटमा दुइृ गोल र राजन थापाले खेलको ६५ औं मिनेटमा एक गोल गरे । एबीसीका पहिलो रोजाइका गोलरक्षक सन्तोस श्रेष्ठ खेलको ३३ औं मिनेटमा रातो कार्ड खादै बाहिरिएपछि दबावमा रहेको अमरसिंह पराजित हुदैं बाहिरिन पुग्यो । उनले डिवक्स बाहिर गएर वान भर्सेस वान वल हातले समाउदा रेडकार्ड पाएका हुन
सरोज गुरुङ र भगवत चौधरीको एक÷एक गोलको मद्धतले सहारा क्लवले यूनाइटेड क्लव माथि २—० को जित दर्ता गर्यो । खेलमा सहाराका गुरुङले ४५ र चौधरीले ४८ औं मिनेटमा गोल गरे ।
अन्तिम क्वाटरफाइनल खेलमा नायक बनेका विकास परियारको ह्याट्रिकको मद्धतले आर्दश युवा क्लवले डेभिड फल्स क्लब माथि ३—१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । उनले खेलको ८, ४७ र दोश्रो हापको इन्जुरी समयमा पुन एक गोल गरी उक्त प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरे । खेलको १६ मिनेटमा डेभिड फल्सका रुविन गुरुङले गरेको गोल आफ्नो टिमको लागि शान्त्वना गोलमा परिणत भयो । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…