
पोखरा-उपहार गोलसँगै आठौं संगम कप विल स्मृति फुटलब प्रतियोगिताको उपाधि नवआदर्श सामुदायिक विकास समाजले उचाल्यो । समाजले नकाउट फुटबल प्रतियोगिताको उपाधि उचाल्न झण्डै २४ वर्षको समय कुर्र्नु पर्यो । करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि जित्न सफल भएको हो ।
संगम क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाईनलमा साविक उपबिजेता एल.जी.एशोसियसनलाई ३—२ को गोल अन्तरले पराजित गर्दै नव आर्दशले उपाधि सहित १ लाख ७५ हजार पुरस्कार प्राप्त गर्यो । नव आर्दशको जितमा सागर राई र सुशान्त गुरुङले १–१ गोलको योजदान दिएका थिए भने एक गोल उपहार प्राप्त भयो । एलजीका लागि आशीष गुरुङले दुई गोल गरे । यस बर्ष पनि उपबिजेता बन्न सफल भएको एल.जी.ले नगद एक लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
खेलको नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा एलजीका संजय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो । ३६ औं मिनेटमा आशीषले व्यक्तिगत दोश्रो गोल गर्दै टोलिलाई २–१ को स्थितिमा पु¥याए । खेलको ६५ औं मिनेटमा नव आदर्शका सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गरेको गोलले नव आदर्शलाई २४ बर्ष पछि जित प्राप्त भयो । निकै राम्रो खेल प्रर्दशन गरेको एल.जी.ले पाएका ७ वटा भन्दा बढी असर खेर जानु नै दुर्रभाग्य हुन पुग्यो । प्रायः एल.जी.को दबाबमा परेको नव आर्दशले पाएका थोरै अवसरलाई गोलमा परिणत गर्दा नजिता आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल खेलमा नव आर्दशका सुसान्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा नव आर्दशका सुशान्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकरमा एल.जी.का आसिस गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.जीकै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आर्दशका अनुज भण्डारी घोषित भए । उत्कृष्ट गोलरक्षकमा नव आर्दशका आशिस केसी घोषित भए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनहि ५÷५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ ।
विजयी खेलाडीहरुको टोलीलाई पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानिया, अखिल नेपाल फुटवल संघ(एन्फा) कास्कीका अध्यक्ष उज्जल रन्जित, एन्फा कास्कीका पूर्व उपाध्यक्ष एवं सहारा क्लवका पूर्व अध्यक्ष बिक्रम थकाली, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारी लगायतले पुरस्कार प्रान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…