
निर्माणाधिन सुर्खेत खेल मैदान । तस्बिर धन बस्नेत
सुर्खेत,-‘दौडिन्छ कर्णाली’ । एथलेटिक्समा कर्णाली अब्बल छ । धावकहरु जन्मिएका छन् । इतिहास लेखेका छन् । अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्म । त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ । एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना कर्णालीले गर्दै छ । २०७९ कार्तिक ३ गते पोखराबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णालीले बोक्यो । झण्डा बोकेसँगै कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो ।
संघीयतासँगै कर्णाली प्रदेशलाई बृहत खेलकुद महोत्सव आयोजनाको अवसर जुर्यो । सायद संघीयता नभएको भऐ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर नै पाउने थिएन् । पूर्वाधार पनि थिएन । सधैं मध्यपश्चिमको ओझेलमा थियो । ओझेलमै रहन्थ्यो ।
राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा खेलकुद पूर्वाधार निर्माण शुरु भईसकेको छ । पूर्वाधार बनाउने जग्गा सुर्खेत उपत्यका नगर विकास समितिले भोगाधिकार दिएको छ । समितिले २०४२ सालमै खेलकुदको लागि आफनो स्वामित्वको जग्गालाई खेलकुदलाई भोगाधिकार दिईसकेको छ ।

२०६४ सालमा बहुृउद्देश्यीय कभर्ड हल निर्माण गर्ने स्वीकृति पाएको थियो । भोगाधिकार पाएपनि खेलकुद पूर्वाधार बनाउन झण्डै ३९ वर्ष लाग्यो । देश संघीय संरचना पुग्यो । संघीयताले ‘एक प्रदेश एक रंगशाला’ उदघोष गर्यो । उदघोषले उपत्यका नगरविकास समितिले उपलब्ध गराएको ९ विघा(११७ रोपनी) क्षेत्रफलमा खेलकुद पूर्वाधारका काम शुरु भयो । २०७८ मंसिर दोस्रो साता सम्झौता भयो । सम्झौतासँगै कामले रफ्तार लिएको छ । ‘४० प्रतिशत भौतिक पूर्वाधार कामको प्रगति भईसकेको छ ’ प्रदेश खेलकुद परिषद कर्णालीका सदस्य सचिव विश्वमित्र संज्यालले भने–‘कामको प्रगति अनुसार सम्झौता समयवाधिभित्रै पुरा गर्ने छौं ।’
संघीयतापछि नै कर्णालीले बृहत खेलकुद आयोजनाको अवसर प्राप्त गरेको उनी सुनाउँछन् । भन्छन–‘संघीयताले कर्णालीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको हो ।’ संघीयताकै सुन्दर पक्ष हो ‘सुर्खेतको प्रादेशिक रंगशाला । नेपालकै पहिलो प्रादेशिक रंगशाला समेत हो । कर्णाली प्रदेशले १ अर्ब ७० करोडको लागतमा ९ विघा क्षेत्रफलमा विभिन्न खेल पूर्वाधार बनाउने एम.ए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड भारत(एमएसी÷जिएसएल, जोईन्ट भेन्चर) कम्पनीले पाएको छ । सम्झौता अनुसार २०८१ जेठ मसान्तसम्म टुग्याउनुपर्ने छ ।

१० हजार दर्शक क्षमताको प्यारापिट निर्माणाधिन छ । ८ लेनको एथलेटिक्सको सिन्थेटिक ट्रयाक निर्माण गरिदैं छ । दर्शक प्यारापिटको मुनि बेसमेन्टमा पार्किङस्थल बनाइएको छ । दुईवटा प्यारापिट मुनि पार्किङ गर्न सकिन्छ । एकातिर चारपाङ्ग्रे र अर्को तर्फ दुई पाङग्रे । सय मिटर लम्बाईको प्यारपिट मुनि झण्डै एकसयवटा सवारी पार्किङ गर्न सकिने छ । ‘९ विघा क्षेत्रफलमा फुटबल मैदान, एथलेटिक्स ट्रयाक, बहुृउद्देश्यीय कभर्ड हल, पौडी पोखरी, दुईवटा बास्केटबल कोर्ट, ह्याण्डबल र भलिबल कोर्ट बनाउने योजना छ’ कम्पनीका प्रोजेक्ट इन्चार्ज इन्जिनियर पुरुषोत्तम बरालले भने–‘बास्केटबल, भलिबल र ह्याण्डबलको काम शुरु भईसकेको छैन् । अरु पूर्वाधार धमाधम काम अघि बढेको छ ।’ उनका अनुसार बहुउद्देश्यीय कभर्ड हलभित्र ह्याण्डबल खेल्न सकिन्छ । २५मिटर लम्बाई २५ मिटर चौडाईको पौडी पोखरी निर्माण भईरहेको छ । फुटबल मैदानमा दुवो रोपिसकिएको उनले बताए । प्रादेशिक रंगशालाको दिगो आन्तरिक स्रोतकै लागि व्यवसायिक प्रयोजनका ४० वटा सटर समेत निर्माण गर्ने योजनापनि सम्झौतामा समेटिएको छ ।

उपत्यका नगरविकास समितिकै स्वामित्वमा रंगशालाकै उत्तर तर्फ खुला चौर छ । खुला चौरलाई प्रदेश खेलकुद परिषद कर्णालीले क्रिकेट मैदान बनाउने योजना बनाएको छ । ‘उत्तर तर्फको चौरलाई पूर्वाधारयुक्त नबनाई खुला नै राख्ने गरी क्रिकेट मैदान बनाउने प्रस्ताव गरेका छौं’ सदस्य सचिव संज्यालले भने–‘सम्भव भएसम्म त्यही चौरलाई क्रिकेट मैदान बनाउँछौं ।’ उनले खेलकुदलाई कर्णालीको सदरमुकाममा मात्रै सीमित नराख्ने स्पष्ट पारेका छन् । उनको भनाई अनुसार खेलकुदको विकास विकेन्द्रीकरणबाट मात्रै सम्भव छ । पर्यटनसँग जोडेर अन्य जिल्लामा समेत आवश्यक खेल पूर्वाधार बनाई खेलकुद प्रतियोगिता आयोजना गर्ने छलफल भईरहेको उनले सुनाए । ‘रुकुमको चौरजहारीमा ७० करोड लागतमा रंगशाला बनाउने तयारी छ ।’ सदस्य सचिव संज्याल बताउँछन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…