
काठमाडौं-नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ को वर्ष उत्कृष्ठ खेलाडीको पुरस्कार फुटबलर अञ्जन विष्ट र भलिबलकी अरुण शाहीलाई प्रदान गरिएको छ ।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन्। नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले पिपल्स च्वाइस विधा जितेकी छिन् । राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगी उत्कृष्ट युवा खेलाडी घोषित भए ।
राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । ओलम्पियन पारा खेलाडी पलेशा गोबद्र्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरेको छ ।
ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवी तामाङ, रत्नजित तामाङ र नङ्सल देवी तामाङका बुवा दान बहादुर तामाङ र आमा मायादेवी मोक्तानलाई स्पेशल अवार्ड प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…