
नेपालगन्ज-एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो ।
टस जितेर ब्याटिङ रोजेको एमलाइफले निर्धारित २० ओभरको खेलमा १७२ रन जोड्न सफल भयो । त्यसक्रममा रनियापुरले ६ विकेट लिएको थियो ।
१७३ रनको विजयी लक्ष्य लिएको रनियापुर १३० रनमै सिमित भएको थियो । एमलाईफका लागि सर्वाधिक ४७ रनको योगदान गरेका रविन्दर म्यान अफ द सिरिज घोषित भए । एमलाइफले विजयी ट्रफी सहित नगद ४० हजार पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेता रनियापुरले नगद २० हजारमा चित्त बुझायो । ब्ल्याक बक क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा भारतीय दुई टिम सहित बाँके र बर्दियाका गरी १२ टिमले भाग लिएका थिए ।
एमलाइफले मनोज यादवको कप्तानीमा टिम मैदानमा उतारेको थियो । एमलाइफले डेब्यु प्रतियोगितामा उपाधि जित्दा निकै उत्साहित बनेका एमलाईफका सिइओ राजकुमार चन्दले आगामी दिनमा समेत निरन्तर प्रतियोगितामा टिम समावेश गराइने बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…