
पोखरा-पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दै छ । टी–२० सँगै यी तीनदेश बीच टी–१० प्रतिस्पर्धा हुने छ । मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन ।
चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् ।पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले । जहाँ उनी म्यान अफ दि म्याच बने । सन २०१९ मा उनी पोर्चुगल गएका हुन् ।
पोखराको क्रिकेटमा उदाउँदै गरेका घिमिरे एकाएक पोखराको क्रिकेटबाट पलायन हुदैं पोर्चुगल पुगेका थिए ।

बैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेपनि उनले आफने क्रिकेट लक्ष्यलाई भने थाँती राखेनन् । आफनो क्रिकेट करियरलाई पोर्चुगलमा पुगेर फेरी शुरुवात गरे । गोर्खा–११ बाट खेल्न शुरु गरे । घिमिरेले गोर्खा–११ बाट चारवर्ष लगातार खेले । ‘तीन वर्षको बसाईपछि बल्ल योग्य(क्वालिफाईड) भए । छनोटको लागि योग्य भएपछि मात्रै पोर्चुगलको राष्ट्रिय टिममा छनोट भएको हुँ ।’ घिमिरेले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।
रेष्टुरेण्टमा काम गर्दैै फुर्सदमा व्याट बोक्दै क्रिकेट मैदान पुग्ने उनले चारवर्षको अथक मेहनतपछि पोर्चुगलको राष्ट्रिय टोलीमा समावेश भएका हुन् । तीन वर्षको बसाईपछि मात्रै उनले यो अवसर प्राप्त गरेका हुन् । सन २०२३ मा आईपुगेर उनी छनोट भएका हुन् । छनोटसँगै यही अप्रिल ८ र ९ तारिखमा उनले पोर्चुगलको क्रिकेट जर्सीमा मैदान छिर्दै नेदरल्याण्ड र गिब्राल्टरसँग खेल्ने छन् ।
जतिबेला पोखरामा भर्खरै फ्रेन्चाईज क्रिकेट प्रतियोगिताको चर्चा शुरु भएको थियो । पोखरा क्रिकेट मैदानमा हुने निर्णय भईसकेको थियो । पोखरा प्रिमियर लिग(पिपिएल)को चर्चासँगै दुई जना खेलाडीलाई पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले राख्ने निर्णय गर्यो । पोखरा पल्टनले घिमिरेलाई समावेश गर्यो । तर उनले खेल्ने अवसर भने पाएनन् ।
उनी उमेर समूहको राष्ट्रिय क्लोजक्याम्पमा पनि परे । तर छनोट हुन सकेनन् । यु–१९ र यु–१६ को दुवैमा क्याम्पमा परेपछि अन्तितमा छनोट हुन नसक्दा निराश बन्दै फर्किएका थिए । छनोट नभएपछि क्रिकेटको मोहलाई भने उनले चटक्कै छोडेनन् । पोखराको पुरानो क्लब पोखरा क्रिकेट क्लबबाट क्रिकेटको करियर शुरु गरेका उनलाई पोखरेली क्रिकेटकर्मीले ‘हिटर’को रुपमा चिन्ने गर्छन् । पोखराको क्लबस्तरीय क्रिकेटमा उनको छुट्टै छाप छ । पोखराको तेर्सापट्टीमा जन्मिएका घिमिरेको परिवार अहिले पोखरा–१३ बाझापाटनमा बस्दै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…