
काठमाडौ-संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । जसमा नौ अन्तर्राष्ट्रिय निर्णायक रहने छन् । प्रतियोगिता सञ्चालनका लागि मेरिल्यान्ड तेक्वान्दो संघ, एनआरएनए मेरिल्यान्ड, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका ९बाना०, साथी बाल्टिमोर, एचके ली तेक्वान्दो एकेडेमी, हिमालयन तेक्वान्दो, सनसाइन तेक्वान्दो, ग्लोबल तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, इगल तेक्वान्दो एकेडेमी, जुन ली तेक्वान्दो एकेडेमीलगायतका संघसंस्थाले पनि सहयोग गर्ने निर्देशक कार्कीले जानकारी दिए ।
कार्कीको पहलमा मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन नामक गैर नाफामूलक संस्था सञ्चालन हुँदै आएको छ । फाउन्डेसनले नेपालमा तेक्वान्दोको विकास तथा विस्तारमा विभिन्न सहयोग गर्दै आएको छ । विगत केही वर्षदेखि नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ आयोजना हुँदै आएको छ । यस वर्षको प्रतियोगिता आगामी डिसेम्बरमा चितवनमा हुँदैछ । विगत तीन दशकदेखि तेक्वान्दोमा अनवरत रुपमा लागेका कार्कीले सन् २०१५ अमेरिकामा तेक्वान्दो स्कुल पनि सञ्चालन गर्दै आएका छन् । स्कुलमा चार वर्षदेखि ७३ वर्षसम्मका दुई सय खेलाडीले नियमित रुपमा प्रशिक्षण लिँदै आएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…