
पोखरा-तमुधि युकेको आयोजनामा हुने गोर्खा कपको लागि पोखराका टोली युकेको लागि प्रस्थान गरेको छ । पोखराको टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने छ ।
युकेको निमन्त्रणामा पोखरा ११ ले सहभागिता जनाउने छ । ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको लागि पोखरा ११ को भेट्रान्स टोली आईतबार काठमाडौं प्रस्थान गरेको थियो । काठमाडौंमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज नेम्वाङ तथा महासचिव किरण राई लगायतका पदाधिकारीले सोमबार पोखरा ११ भेट्रान्स टोलीलाई विदाई गरेका हन् । पोखरा ११ को नेतृत्व कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले गरेका छन् । टोलीको संयोजक ईश्वर गुरुङ हुन् ।
पोखरा ११ भेट्रान्स टोलीमा पोखरा ११ टिममा बगर भाईखलकका सल्लाहकार अबतार गुरुङ, कार्यसमिती सदस्यद्वय ईश्वर गुरुङ, अमित ९ जोन० गुरुङ, खेलाडीहरु कुमार गुरुङ, राजु हमाल, राजेन्द्र तामाङ, कास्की जिल्ला फुटबल संघ समेत रहेका नरेन्द्र जङ्ग ९ मुखिया० गुरुङ जमान सिंह दुरा, अभिषेक पिया ,बिजय गुरुङ,डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ रहेका छन् ।
२१ औं संस्करणको भेट्रान्स प्रतियोगिता मे २८ मा आयोजना हुने छ । विजेताले १ हजार २ सय ५० पाउण्ड प्राप्त गर्ने छ । प्रतियोगिताको लागि नेपाली टोली पहिलो पटक युकेका सहभागिता जनाउने छ ।