
काठमाडौं- नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन ९काभा० महिला भलिबल च्यालेन्ज कप २०२३ आज सोमबारबाट सुरु भएको छ ।च्याम्पियनसिपको सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहालले च्याम्पियनसिप सुरु भएको घोषणा गर्दै उद्घाटन गरे ।
च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेष्ठ ८ ९२२ मे २०१७० मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएकोमा सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफुलाई निकैनै खुशी दिलाएको बताए । उनले भलिबलको विकासमा आफु सदा सहयोग गर्न तयार रहेको बताए । सोहि क्रममा प्रधानमन्त्री दाहालले केक काटेर राष्ट्रिय खेल भलिबलको जन्म दिवस मनाएका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालले यस प्रतियोगिता ल्याउने क्रममा बिदेशी संस्थाले नेपालमा बतानुकुलित कभर्डहल भए नभएको बारे जानकारी लिएको भन्दै राष्ट्रिय खेल भलिबल घोषणा गर्ने सरकाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्रीनै भएको अवस्थामा बातानुकुलित एक कभर्डहल बनाउन आशा ब्यक्त गरे ।कार्यक्रममा खेलाडीको तर्फबाट नेपाली भलिबल टिमकी कप्तान अरुणा शाही र निर्णायहरुको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि गौतम प्रसाद लासिवाले अन्तराष्ट्रिय नियमानुसार खेल्ने र खेलाउने सपथ खाएका थिए ।
प्रमुख अतिथी प्रधानमन्त्री दाहालले सहभागी बिदेशी टिम र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
किर्गिस्तान विरुद्ध नेपालको सहज जित
सेन्ट्रल एशियन भलिबल एसोशियसन (काभा)महिला भलिबल च्याम्पियनसिप २०२३ अन्तरगत समूह चरणको पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ । उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई २५–११, २५–१९, २१–११ को सहज जित हात पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।
यस्तै आजै भएको समूह ए को पहिलो खेलमा च्याम्पियनसिपको बलियो टिम मानिएको भारतले पनि जित निकाल्दै ३ अंक जोडेको छ । भारते बंगलादेशमाथि ३–० को सहज जित निकालेको हो । भारतले बंगलादेशलाई २५–३, २५–९, २५–६ को सहज जित हात पारेको हो ।

समूह बि को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंका माथि ३–० को जित निकाल्यो । पहिलो सेटमा २७–२५ को जित निकालेको उज्वेकिस्तानले दोश्रो सेटमा २५–२० र तेश्रो सेटमा २५–१४ ले पराजित गर्दै ३ अंक जोडेको हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…