
पोखरा-फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।
ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए।
ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने क्षेत्रीले बताए। थिंक स्मार्टले पोखरामा झण्डै एकदशकदेखि उच्च शिक्षाका लागि विभिन्न मुलुक जाने विद्यार्थीका लागि सहजीकरण गर्दै आएको छ।
श्रेष्ठ फुटबलका राष्ट्रिय खेलाडी हुन्। उनी अहिले मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबलको करियर अगाडि बढाएका छन्। काठमाडौंमा सञ्चालित शहीद स्मारक ए डिभिजन लिगमा मनाङको जर्सीमा खेल्दै आएका छन्।
फुटसलबाट उदाएका सुमित केही महिना अघि मात्रै नेपालमा आयोजित भुटान, लाओस र नेपाल सम्मिलित थ्री नेसन्स कपमा डेब्यू गरेका थिए। नेसन्स कप मार्फत सुमितले लाओस विरुद्ध नेपालको जर्सीमा मैदान उत्रिएका थिए। गत बैशाखमा पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुषमा मनोनयनमा समेत परेका थिए।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…