असार पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २६ गते २०८० मा प्रकाशित


पोखरा-कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी असारको पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता हुने भएको छ । आगामी असार २ गते कास्की विद्यालयस्तरी छात्र तथा छात्रा एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने निर्णय कास्की जिल्ला खेलकुद विकास समितिले गरिसकेको छ ।

जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर(डिवी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मिटर ८०० मिटर र १५०० मिटर छात्ररछात्रा दौड प्रतियोगिता हुने छ । खुल्ला ३ किमि छात्ररछात्रा सडक दौड समावेश गरिएको छ । उनका अनुसार ट्रयाकसँगै फिल्डलाई समेट समेट्ने योजना रहेको उल्लेख गरे । उनले फिल्ड अन्तर्गत लङजम्पलाई समावेश गर्ने आन्तरिक छलफल भईरहेको जानकारी दिए । ‘लङजम्पलाई समावेश गर्ने तयारीमा छौं । बैठकले निर्णय गर्ने छौं । बैठक आईतबार बस्ने छौं ।’ उनले भने ।

ट्रयाकमा हुने दौडका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । ३ किलोमिटर सडक दौडका विजेता छात्ररछात्रालाई क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने भएकोले सोको लागि सम्पूर्ण विद्यालयहरुमा पत्रचार गरिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । प्रतियोगिताबाट यूवा खेलाडी उत्पादन तथा पहिचानका लागि सहयोगी रहने उनले बताए ।