
पोखरा-मित्रराष्ट्र चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट सम्पन्न भएको छ । एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने दुई पुरुष र दुई महिला गरी चारजना खेलाडीले सहभागिता जनाउने छन् ।
पुरुषमा पोखराका प्रदीप खड्का र अभिषेक बास्तोला हुन् । महिला तर्फ अभिलाषा विष्ट र माहिका राणा रहेका छन् । विष्ट नेपालकी महिला टेनिसकी शीर्ष बरियताकी खेलाडी समेत हुन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…