
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरा रंगशाला भलिबल एरिनामा कास्की पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
बुधबार भएको प्रतिस्पर्धामा पोखरा महानगरपालिका रातोले मादी गाँउपालिका बीलाई २—० सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरी माछापुच्छ्रे गाँउपालिकाले अन्नपूर्ण गाँउपालिका बी लाई २—१ को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।
प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ ।
माछापुच्छ्रेगाँउपालिका बाहेक अन्य पालिकाहरुको दुई दुई टिमको सहभागिता रहेको छ । विजेताले पुरस्कारस्वरुप ६० हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद ५० हजार र तेस्रो हुने पालिकाले ४० हजार पुरस्कार पाउने छ । त्यस्तै उत्कृष्ट विधाले पनि नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गरेका थिए । उदघाटन समारोह महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…