
पोखरा-पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरुष गरी ७० जना खेलाडीको सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ । महिला तर्फ ३५ जना र पुरुष तर्फ ३५ जना सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ ।
महिला तर्फ ४९ केजी, ५९ केजी, ७१ केजी, ८१ केजी र ८१ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुने कास्की जिल्ला भारोत्तोलन संघका बरिष्ठ उपाध्यक्ष उमेश सिकेले जानकारी दिए । पुरुष तर्फ ६१ केजी, ६३ केजी, ८९ केजी, १०२ केजी र १०२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । खेलाडीहरुले स्न्याच र क्लिन एण्ड जर्कमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले गरेकी हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…