खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन् । बोगटीले ९ मिनेट ३४.७० सेकेण्डमा दौड पुरा गरेका थिए ।
तनहुँका साहस पन्त दोस्रो र पोखराका तेन्जोन रोका तेस्रो भए । पन्तले ९ मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गरेका थिए भने रोकाले ९ मिनेट ५६.६० सेकेण्डमा पुरा गरेका थिए ।

कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको महिला तर्फको प्रतिस्पर्धाामा तनहुँकी सुष्मिता रानाभाटले १३ मिनेट ०४.८० सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जितिन् । पोखराका संगीता विकले १३ मिनेट ४९.९० सेकेण्डमा पुरा गर्दै रजत र पोखराकी मेनुका अधिकारीले १४ मिनेट १६.६० सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक जितिन् ।

विद्यालय खेलकुद कार्यक्रम अन्तर्गत आयोजित कास्की जिल्ला विद्यालयस्तरीय १०० मिटर दौड छात्र तर्फ कास्की मोर्डनाइज्डका प्रवेश थापाले स्वर्ण छोरेपाटन माविका विनोद नेपालीले रजत र डायमण्ड स्कुलका ऋषिबहादुर कुमालले कास्य पदक जिते । छात्रा १०० मिटर दौडमा त्रिवेणी स्कुलकी एन्जेल अधिकारीले स्वणृ, केफकी संगम भण्डारीले रजत र लिटिल फ्लावरकी कृष्टा गुरुङले कास्य पदक जित्न सफल भईन् ।

२ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा लिलिट फ्लावरका कुश पोखरेलले स्वर्ण पदक जिते । कास्की मोर्डनाईज्डका प्रमोद थापाले रजत र सैनिक आवासिय विद्यालयका प्रज्वल खड्काले कास्य पदक जिते । छात्रा तर्फको प्रतिस्पर्धामा सगरमाथा उच्च माविकी अनुष्का अधिकारीले स्वर्ण पदक जितिन् । हिमाल कलेजकी रितु भण्डारीले रजत र छोरेपाटनकी एन्जेल गुरुङले कास्य पदक प्राप्त गरिन् ।

८ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा केफका विवेक परियारले स्वर्ण पदक जित्दा सैनिक आवासिय माविका अभियान तिवारीले रजत र सैनिककै सागर लामाले कास्य पदकमा चित्त बुझाए । छात्रा तर्फको प्रतिस्पर्धामा छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण, एपी देवकोटा स्कुलकी मेनुका अधिकारीले रजत र उदय माविकी करुणा कुमालले कास्य पदक प्राप्त गरिन् ।

१५ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा छोरेपाटन माविका तेन्जेन रोकाले स्वर्ण, केफका विवेक परियारले रजत र कास्की मोर्डनाईज्डका सन्दीप कुँवरले कास्य पदक जिते । छात्रा तर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण, त्रिवेण्ीकी अलिषा जिसीले रजत र लिटिल फ्लावरकी जष्मिन श्रेष्ठले कास्य पदक पाईन् ।

लङजम्प छात्र प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डका प्रवेश थापाले स्वर्ण पदक जिते । उनले ५.७६ मिटर जम्प गरेका थिए । त्यस्तै लिटिल फ्लावरका लभ पोखरेलले रजत र कास्की मोर्डनाइज्डका प्रमोद थापाले कास्य पदक जिते । छात्रा तर्फको प्रतिस्पर्धामा त्रिवेणकी एन्जेल अधिकारीले स्वर्ण जित्दा सगरमाथाकी अनुष्का अधिकारीले रजत र कुमुदिनी होम्सकी लक्ष्मी कुमालले कास्य पदक जित्न सफल भईन् ।
विद्यालयस्तरीय प्रतिस्पर्धामा छोरेपाटन माविले ३ स्वर्ण १ रजत र १ कास्यसहित च्याम्पियन बन्यो । कास्की मोर्डनाईज्ड दोस्रो र त्रिवेणी एकेडेमी तेस्रो बन्यो । विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वहरुले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।