दुई सय मिटर प्रतिस्पर्धामा चिनिया टोली शीर्षस्थानमा

- नेपाली टोली दोस्रोस्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा शुक्रबारदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । दुईदिनसम्म चल्ने बोट रेस महोत्सवमा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको छ ।

पोखरा महानगरपालिका, नेपालस्थिति चिनिया दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसमा पहिलो दिनको दुई सय मिटर प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम(पहेंलो) चीन शीर्ष स्थानमा छ । दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा छ । पहिलो चरण ५३.६८ सेकेण्ड र दोस्रो चरणमा ५५.१३ सेकेण्डमा २ सय मिटर पार गरेको थियो ।

बोट रेसमा नेपाली नारा ड्रागन बोट टिम(रातो) दोस्रो स्थानमा छ । नेपाली टिमले १ मिनेट ५३.१४ सेकेण्डको समयमा पुरा गरेको थियो । पहिलो चरण ५७.१८ सेकेण्डको समय लगाउँदा दोस्रो चरण ५५.९६ सेकेण्डमा पुरा गरेको थियो ।

बोट रेसको तेस्रो स्थानमा भने युनान ड्रागन बोट टिम(सेतो) चीन रहेको छ । जसले १ मिनेट ५५.७७ सेकेण्डको समयमा दुईसय मिटर पुरा गरेको थियो । चौथो स्थानमा नेपाली टिम एनआरसिए ड्रागन बोट टिम रहेको छ । १ मिनेट ५६.९२ सेकेण्डको समयमा पुरा गरेको थियो । पाँचौ स्थानमा नेपालकै फेवालेक ड्रागन बोट टिम आएको छ । फेवालेकले २ मिनेट ०१.२५ सेकेण्डको समयमा पुरा गरेको थियो । छैटौं स्थानमा नेपालकै पोखरा महानगर ड्रागन बोट टिम रहेको छ । महानगरको टिमले २ मिनेट ०१.८६ सेकेण्डको समय लगाएको थियो ।

सातौं स्थानमा सिंगापुरको एसजी ड्रागन्स रहेको छ । सिंगापुरे टिमले २ मिनेट ०५.१७ सेकेण्डको समय लगाएको थियो । अन्तिम स्थानमा नेपाल–चीन फ्रेण्डसिप ड्रागन बोट टिम नेपाल रहेको छ । अन्तिममा रहेको टोलीले २ मिनेट ०८.७६ सेकेण्डको समयमा पुरा गरेको थियो ।

दुई दिने बोट रेस महोत्सवको पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रुपमा छन्। महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम गरिएको थियो । साँस्कृति कार्यक्रमले सर्वसाधारणलाई आकर्षित गरेको थियो । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

शनिबार पाँचसय मिटरको विधामा प्रतिस्पर्धा गरिने छ । मा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए। प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही रु पाँच लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था छ।