
पोखरा-गण्डकी प्रदेशमा सात जना ओलम्पियन छन् । गएको महिना मात्रै गण्डकी प्रदेशको राजधानी पोखरामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान गरिएको थियो । पोखरामा ओलम्पियनहरुलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनलाई नगद भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । त्यसको लागि ५ लाख ५५ हजार रुपैयाँ बजेटमै समेटिएको छ ।
विद्यालयदेखि नै खेलकुदको प्रवद्र्धन गर्नुपर्ने खाँचो औल्याउँदै आइएको छ । प्रदेश सरकारले पनि स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले स्कुल टु ओलम्पिक कार्यक्रमलाई १० लाख रुपैयाँ छुट्टाएको छ । यसले विद्यालयमा पुगेर ओलम्पियनले आफनो अनुभव साट्दै विद्यालयका बालबालिकालाई खेलकुदप्रति उत्प्रेरणा जगाउने छन् ।
त्यतिमात्रै नभई प्रदेश सरकारले पछिल्लो समय चर्चामा रहेको मुआथाई खेलके लािग समेत आवश्यक बजेट छुट्टाउँदै मार्शल आर्ट खेललाई अझ बढ्वा दिन खोजेको छ । गत साता मात्रै पोखरामा गण्डकी प्रदेशस्तरीय मुआथाई च्याम्पियनसिप आयोजना गरिएको थियो । प्रतियोगिताले पनि पोखरालाई मार्शल आर्टको गन्तव्य मात्रै नभई खेलकुदको हबको रुपमा विकास गर्न समेत प्रेरित गरेको गण्डकी प्रदेश मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले जनाए ।
उनले प्रदेश सरकारले राष्ट्रिय मुआथाई च्याम्पियनसिपको लागि ८ लाख रुपैयाँ छुट्टाएकोप्रति आभार जनाउँदै प्रतियोगितासँगै मुआथाईको लागि आवश्यक रिङ बनाउन समेत बजेट छु्टाईदिनुपर्ने उल्लेख गरे । उनले मुआथाई प्रतियोगिताको लागि आवश्यक रिङको लागि तत्कालिन युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले बजेट विनियोजन गरेपनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरे । उनकै पहल पोखरामा २०६६ सालदेखि मुआथाई खेलको विधिवत शुरुवात भएको थियो । गोदार गण्डकी प्रदेशका लागि मुआथाई खेलका संस्थापक समेत हुन् ।
प्रदेश सरकारले पोखरामा आयोजना हुने म्याराथन प्रतियोगितालाई १० लाख छुट्टाएको छ । पोखरामा विशेष गरी सफल पोखरा म्याराथन, अन्नपूर्ण म्याराथन र लेखनाथ क्षेत्रमा हुने लेखनाथ हाफ म्याराथन आयोजना हुदैं आएको छ । अन्नपूर्ण म्याराथन भने ४ हजार १ सय मिटरको उचाईबाट दौड शुरु भई घान्द्रुकमा झरेर टुंगिने छ ।
आहा रारा गोल्डक, बगर भाइखलकको भेट्रान राष्ट्रिय फुटबल प्रतियोगिता, टाईगरकप भलिबल प्रतियोगिता, लिगलिगे साईकल दौडलाई समेत आवश्यक बजेट विनियोजन गरिएको प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जनाए । राष्ट्रिय राफ्टिङ प्रतियोगिता आयोजना गर्दै वाटर स्पोर्टसलाई समेत प्रोत्साहन गर्ने प्रदेश सरकारको अभियान छ । जसको लागि १० लाख रुपैयाँ छ । प्रदेश सरकारले प्रदेश स्थापनाको दिवस पारेर आयोजना गर्नेगरी प्रदेशस्तरीय भलिबल प्रतियोगितालाई समेत आवश्यक बजेट विनियोजन गरेको छ । जिल्लाहरुमा एथलेटिक्स प्रतियोगितासँगै सडक दौडको लागि समेत प्रदेश सरकारले रकम छुट्टाएर राखेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…