
काठमाडौं-पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् ।
ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै सेमिफाईनलमा थापा दाजुभाई संगको भेट पक्का गरेका हुन् ।
जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१–८, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी संगको भेट पक्का गरेका हुन् । दिलमान र यज्ञको जोडीले कर्ण थापा र एल।बि। साँवा लिम्बुको जोडीलाई २१–१९, १४–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
यस अघि प्रतियोगिताको पूर्व प्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष के।पी। शर्मा वली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती एवं मन्त्री धनराज गुरुङ्गको उपस्थिती रहेको थियो । यस्तै अध्यक्ष के।पी। शर्मा वलीले प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यलाई सटल कक हस्तान्तरण गरेका थिए ।
महासंघले राजनीतिककर्मी विच विभिन्न समयमा हुने कटाक्ष र बैमनस्यतालाई खेलकुदको माध्ययमले एकै थलोमा ल्याई भाईचारा कायम गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…