
काठमाडौं-नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ । पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब संग अंक बाढ्न बाध्य भएको छ ।
आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता लिंदै जितको नजिक पुगेको पुलिसले आफुलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णाक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी संग अंक बाढ्न बाध्य भयो । पुलिसको यस खेल पश्चात २ अंक र गण्डकीको १ अंक भएको छ ।

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपिएफ क्लबले जित हात पा¥यो । एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपिएफको ३ अंक भएको छ ।
आजै भएको महिलाको खेलमा पुलिसक्लबले गण्डकी माथी जित हात पा¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अंक जोड्यो । यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्र्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु। ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु। १५÷१५ हजार प्राप्त गर्ने छन् ।
लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए।पि।एफ। क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरि ७ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहेको छ ।लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाविच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रुपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टी गर्दै राष्ट्रिय गौरवमा अभिबृद्धि गरेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भलिबलको बिकास र विस्तार गर्न संघले गरेको कार्य प्रशंसनिय रहेको भन्दै सरकारले युवा तथा खेलकुदलाइ महत्व दिँदै आएको बताए । पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरुलाई धन्यवाद प्रदान गरे । सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सवैको सहयोगको लागी अपिल गर्दै प्रतियोगिताको सफलताको शुभकमाना सहित नेपाल सरकारले भलिबल खेलको विकास र विस्तारका क्रममा अन्तराष्ट्रिय कभर्डहल र सातै विकास क्षेत्रमा प्रादेशिक कभर्डहल निर्माणमा सहयोग गर्ने र नेपाल भलिबल संघले भलिबल खेलको विकासमा लिएको सवै अभियानमा सरकारको साथ रहने बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…