
कास्की जिल्ला व्याडमिन्टन संघले खेलाडी विदाई गरेपछि सामूहिक तस्बिरमा ।
पोखरा-जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तरराष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ । यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने दश खेलाडीसहित १४ जनाको टोलीलाई विदाई गरिएको हो ।
टोलीको नेतृत्वमा भूगोल गुरुङले गर्ने छन् । गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा टोली मंगलबार काठमाडौंबाट जापान प्रस्थान गर्ने छ । टोलीलाई सोमबार कास्की जिल्ला व्याडमिन्टन संघले खादा लगाई सफलताको शुभकामनासहत विदाई गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले विदाई गरेका हुन् । राना यु–१५ छात्रा तर्फ नेपाल च्याम्पियन समेत हुन् ।मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनले आयोजना गरेको विद्यालयस्ततरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि समेत रानाले जितेकी थिईन ।
टोलीमा छात्र तर्फको प्रशिक्षकमा बुद्ध बोगटी रहेका छन् । छात्रा तर्फको प्रशिक्षकमा पुनम गुरुङ हुन् । सल्लाहकारमा राजु नेपाल छन् । सहभागि खेलाडीहरुमा मिजास उदास, आरुष सिंखडा, अभिराज शेरचन, निभा राई, श्रेनी प्रधानाङ्ग, अष्मिता खत्री, दियोन भण्डारी, आयुष्मा नेपाल, गजराज कार्की, सक्षम गुरुङ र दिलाशा राना रहेका छन् । उनीहरुले तीनदिन प्रतिस्पर्धा गर्ने छन् ।
सहभागि खेलाडीहरुलाई जापानीज प्रशिक्षक सुजियो यामामोतोले प्रशिक्षण दिएका थिए । यामामोतोकै संयोजनमा खेलाडीहरुले जापानमा हुने अन्तरराष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार जापानीज प्रशिक्षक यामामोतोले सहभागि खेलाडीलाई कास्की जिल्ला व्याडमिन्टन संघको हलमा ४० दिन नियमित प्रशिक्षण गराएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…