
काठमाडौं-ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् । राना र शेरचनको जोडीले यु १५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग ८–२१, ७–२१ ले पराजित भए । यस्तै पुरुष तर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भए ।
महिला यु १५ एकल तर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसंग ४–२१, १४–२१ ले पराजित भईन् । यसैगरि दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघे संग १५–२१, १५–२१ के समान अन्तरमा पराजित भईन् । पुरुष तर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसंग १५–२१, २१–१४, १८–२१ ले पराजित भए । यु १७ महिला तर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसंग १६–२१, २१–१८, १५–२१ ले पराजित भईन् ।
पुरुष तर्फ कविर के.सी. श्रीलंकाका थिदासा वेरागोडासंग १२–२१, १९–२१ ले पराजित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…