
ब्याडमिन्टन
पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ । संघले वर्षेनी संस्थापक अध्यक्ष समेत रहेका इन्द्रबहादुर गुरुङको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता भदौ २१, २२ र २३ गते पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा हुने छ ।
विद्यालयस्तरीय प्रतियोगिताको लागि कास्कीस्थित प्याब्सन तथा एनप्याब्सनलाई पत्रचार गरिसकिएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार छात्र तथा छात्राको एकल र युगल इभेण्टमा प्रतिस्पर्धा गराईने छ ।
अध्यक्ष श्रेष्ठका अनुसार कक्षा ५ सम्म अध्ययनरत छात्र तथा छात्राको एकल प्रतिस्पर्धा हुने छ । त्यसैगरी कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने छात्र तथा छात्राको पनि एकल प्रतिस्पर्धा गराईने संघले जनाएको छ । कक्षा ९ र १० मा अध्ययनरत छात्र तथा छात्राको पनि एकल प्रतिस्पर्धा हुने उनले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययनरत छात्र तथा छात्राको एकल तथा युगल(डबल्स)मा प्रतिस्पर्धा गराईने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा उत्कृष्ठ विद्यालयले शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा छात्र तथा छात्रा इमर्जिङ खेलाडी माउण्टेन बाईक(साईकल) प्राप्त गर्ने कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित व्याडमिन्टन हलको चारवटै कोर्टमा खेलाईने छ । नकाउटको आधारमा खेलाईने प्रतिस्पर्धामा कास्कीका सरकारी तथा निजी विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…