
काठमाडौं- रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् ।
महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हाल सम्मको नतिजामा नेपालले ३ स्वर्ण जितेको छ । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन् ।
अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कास्य जितिन् ।
एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिक विधामा राजु राईले रजत पदक जिते । उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कास्य पदक प्राप्त गरेका थिए । थाईल्याण्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण प्राप्त गरे । भियतनामका तरान होङ्ग दुइ थुआनले कास्य प्राप्त गरे ।
यस्तै १७ सेमी माथिको प्रतिस्पर्धामा रन्जित लामाले कास्य पदक प्राप्त गरे । पहिलो स्थानमा थाईल्याण्डका दाम्रोङ्गसाक सोयश्री र चाईना मकाउका अउ मान किटले रजत प्राप्त गरे ।
पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कास्य प्राप्त गरे । ८० केजी तौलमा नेपालका कृष्ण प्रसाद श्रेष्ठले कास्य पदक प्राप्त गरे । थाईल्याण्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत प्राप्त गरे ।नेपालले अहिले सम्मको नतिजामा ३ स्वर्ण ६ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको छ । नेपालले आज अव ४ विधामा प्रतिस्पर्धा गर्नेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…