
काठमाडौं- ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एशियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन् ।
आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधी जितेका हुन् । शारीरिक सुगठन तर्फको विभिन्न दश तौल समूहका विजयीहरुका विच भएको मि।एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन् । उनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।
एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको स्पर्धामा पुरुष तर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय हुन सफल भएको छ । पुरुष तर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकका साथ तेश्रो स्थान प्राप्त ग¥यो ।
महिला तर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधी उचाल्यो । दोश्रो स्थानमा भियतनाम र तेश्रो स्थानमा हङ्गकङ्ग चाईना रह्यो ।
आज सम्पन्न पुरुष एथलेट फिजिक् १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे ।
नेपालले यस च्याम्पियनसिपमा ३ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । बिशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते । सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए । कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए ।
च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…