
पोखरा-आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलो पटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अन्तरप्रदेश खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ । आगामी फागनु २४ गतेदेखि ३० गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको कोटा समेत तय गरिएको छ ।सातै प्रदेशका सदस्य सचिवको बागमती प्रदेश राजधानी हेटौडामा प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयलाई मूर्त रुप दिइएको हो । बागमती प्रदेशले पहिलो संस्करणको आयोजनाको जिम्मेवारी लिएको हो ।
पहिलो संस्करणमा आईटिएफ तेक्वान्दो, उसु, जुडो, फुटबल,भलिबल, क्रिकेट, तेक्वान्दो, एथलेटिक्स, बक्सिङ, रग्बी, कराँते, व्याडमिन्टन, टेबलटेनिस र पौडी खेललाई समावेश गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । १४ वटै खेलमा महिला तथा पुरुषको इभेण्ट सञ्चालन हुने छन् । गण्डकी प्रदेशका लागि १४ खेलमा ३ सय ८६ खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको सहभागिता रहने छ । ले प्रतिस्पर्धा गर्ने छन् ।
आईटिएफ तेक्वान्दोमा महिला तर्फ ११ र पुरुष तर्फ १४ जना खेलाडीले सहभागिता जनाउन पाउने छन् । उसु तर्फ १४ महिला र १७ पुरुष, जुडो तर्फ ९ महिला, ९ पुरुष खेलाडीले सहभागिताा जनाउन सक्ने छन् । फुटबल तर्फ महिला र पुरुष तर्फ समान १८/१८ जना, भलिबल तर्फ १२/१२ जनाको कोटा निर्धारण गरिएको छ । त्यस्तै क्रिकेट र तेक्वान्दोमा महिला र पुरुष टोलीले समान १४/१४ जना, एथलेटिक्समा महिला तर्फ १८ र पुरुष तर्फ २० खेलाडीले सहभागिता जनाउने पाउने प्रावधान रहेको सदस्य सचिव शर्माले जानकारी दिए ।
बक्सिङ तर्फ महिला १० र पुरुष १३ जना, रग्ब्रीमा महिला तर्फ १२÷१२ जना,कराँतेमा महिला तर्फ १३ र पुरुष तर्फ १६ जनाको कोटा तय गरिएको छ । व्याडमिन्टन तर्फ महिला र पुरुष तर्फ ३÷३ जना, टेबलटेनिसमा ५÷५ जना र पौडीमा महिला तर्फ १० र पुरुष तर्फ १५ जनाले प्रतिस्पर्धा गर्ने छन् । प्रदेशस्तरीय प्रतियोगितामा महिला तर्फ कुल १६३ जना खेलाडीले सहभागिता जनाउँदा पुरुष तर्फ १८२ जनाको सहभागिता रहने छ । खेलसंख्या थपघट हुन सक्ने सम्भावना छ’ सदस्य सचिव शर्माले भने–‘कुनै खेल हटाउन सकिन्छ कुनै खेल थपिन सक्छ ।’ उनका अनुसार हेटौडामा बसेको बैठकले १४ खेल समावेश गरिएपनि खेल थपघट हुन सक्ने सम्भावना रहेको छ । उनले अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अब तयारी गर्नुपर्ने जनाउँदै प्रदेशका एघारवटै जिल्लामा प्रशिक्षण शुरु गरिने स्पष्ट पारे ।
प्रदेश खेलकुद परिषद गण्डकीले एघारवटै जिल्लामा सम्बन्धित संघहरुलाई रेफ्री, प्रशिक्षक, निर्णायक, व्यवस्थापक लगायतलाई सूचीकृत गर्न जिल्ला खेलकुद विकास समिति मार्फत निर्देशन गरिसकेको छ । उनका अनुसार सूचीकृत नभएका रेफ्री, निर्णायक, प्रशिक्षकले खेल खेलाउन र प्रशिक्षण गराउन नपाउने प्रावधान परिषदले जानकारी गराईसकेको छ । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश शीर्षस्थानमा थियो । तीन विभागीय, सात प्रदेश तथा गैरआवासिय नेपाली संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…