
पोखरा-बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ । संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । म्याटमा खेलाईने प्रतियोगिता लिगकम नकाउटमा सञ्चालन हुने बाग्लुङ क्रिकेट संघले जनाएको छ ।
‘संघ गठनपछि पहिलो प्रतियोगिता हो । यस भन्दा अघि क्लबस्तरीय प्रतियोगिता आयोजना भने गरिरहेका थियौं’ बाग्लुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले भने–‘अहिले प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा जुटेका हौं ।’ प्रतियोगितलाई गण्डकी प्रादेशिक क्रिकेट संघले स्वीकृति प्रदान गरिसकेको छ । प्रतियोगिताको आवश्यक तयारीलाई अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा, पर्वत, बाग्लुङ र नवलपुर गरी ६ जिल्लाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक दिन दुई खेल खेलाउने निर्णय आयोजक बाग्लुङ क्रिकेट संघले गरेको छ । प्रतियोगिता विजेताले उपाधिसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता टोलीले नगद ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ ।
म्यान अफ दि सिरिजले नगद पुरस्कार १० हजार प्राप्त गर्ने छ । त्यसैगरी बेष्ट बलर र बेष्ट व्याटरले नगद ५÷५ हजार रुपैयाँ पाउने छन् । म्यान अफ दि म्याच क्रिकेटरले नगद १ हजाा रुपैयाँ पाउने छन् । संघले क्रिकेट मैदानको लागि आवश्यक अध्ययन समेत गरिरहेको जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…