
पोखरा-पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ । माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ । माउण्टेन बाईक प्रतियोगिता पोखरा महानगरपालिका वडा नं १३स्थित आर्वाविजयको डाँडामा हुने छ । झण्डै १४ सय मिटरको उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनिलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखराको आर्वामा आयोजना गरिएको पोखरा एन्डुरो माउण्टेन बाईक प्रतियोगिता पहिलो हो । यसअघि डाउन हिल, रोड रेस, पोखरा आईभी लगायतका साईक्लिङ प्रतियोगिता हुदैं आएका छन् । खासगरी एन्डुरामा सडक सञ्जाल छोएको हुनुपर्ने छ । जुनसुकै ट्रेलमा साईक्लिङ प्रतिस्पर्धा गरेपनि बाटोको पहँुच पुगेको ठाँउमा मात्रै एन्डुरो प्रतिस्पर्धा हुने उनको भनाई थियो । डाउन हिल प्रतिस्पर्धामा बाटोको पहुँच नभएपनि प्रतियोगिता सञ्चालन गर्न भने सकिने प्राविधिकहरु बताउँछन् । ‘एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एकमात्रै स्थल हो’ कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने–‘एन्डुरो आफैंमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो ।’

डन टिल डस्कका संस्थापक शर्माका अनुसार एन्डुरो प्रतिस्पर्धाको लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ । ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दुरीको छ । ‘ट्रेलमा साईक्लिष्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टाईने छ ।’ उनको भनाई थियो । प्रतियोगितामा नेपालसहित विभिन्न ११ देशका साईक्लिष्टले सहभागिता जनाउने छन् । भारत,सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्याण्ड लगायतका साईक्लिष्टको सहभागिता रहने उनले जानकारी दिए । ‘५३ जना राईडरले सहभागिता शुल्क बुझाईसकेका छन् । दर्ता भने ८१ जना भन्दा बढीले गरेका छन् ।’ उनले भने–‘दर्ता गरेका राईडरले शुल्क बुझाउन बाँकी छ ।’ तीन दिने प्रतिस्पर्धाको लागि ९ हजार शुल्क तोकिएको छ । तोकिएको शुल्कमा साईक्लिष्टलाई पोखराको लेकसाईडबाट ल्याउने, लैजानसहित आवासिय सुविधा प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा इलिट पुरुष तर्फको जुनियर(१२–१८वर्ष), माष्टर्स क(३०–३९ वर्ष) माष्टर्स ख(४०–४९ वर्ष), भेट्रान तर्फ (५० वर्षमाथि), महिला ओपन र ई–बाईक गरी जम्मा ७ इभेण्टमा प्रतिस्पर्धा गराईने छ । इभेण्ट अनुसार ट्रेल तय गरिएसकिएको आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाका अनुसार पूर्वाधार बनाउन मात्रै ५० लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको छ ।प्रतियोगितालाई पोखरा महानगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ । पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले यो वर्ष थोरै बजेट छुट्टाएको जनाउँदै आगामी वर्षदेखि महानगरको रातो किताबमै राखेर बजेट विनियोजन गर्ने उदघोष गरे । उनले एन्डुरो प्रतियोगिता आफैंमा साहसिक भएको उल्लेख गर्दै पोखरालाई साहसिक खेलको हब बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्था डन टिल डस्कका अनुसार विजेताहरुलाई अमेरिका, सिंगापुर र नेपालको कम्पनीले नगद पुरस्कार उपलब्ध गराउने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…