
पोखरा-पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । पोखरामा आयोजना गरिएको पे्रmन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगपछिको राष्ट्रिय प्रतियोगिता हो । आवश्यक तयारी पुरा भईसकेको छ ।
केपी ओली टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा रोविन तिमिल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समीर कँडेल, करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षत्री , अमृत गुरुङ, दिनेश बुढामगर, कमल परियार, सुदीप अर्याल र चन्द्रकान्त पौडेल रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु र टिम व्यवस्थापकमा रेशम केसी छन् । समूह सीमा रहेको गण्डकी प्रदेशले नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिमसँग खेल्ने छ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेकी रातोले बागमती प्रदेशसँग खेल्दै प्रतियोगिताको उदघाटन हुने छ ।पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । खेल तालिका अनुसार समूह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा समूह ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…