
नेपालगन्ज-सशस्त्र प्रहरीबलका धावक गोपीचन्द्र पार्कीले दोस्रो पटक नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दा सन्तोषी श्रेष्ठले भने उपाधिमा ह्याट्रिक गरेकी छन् । शनिबार नेपालगन्जमा आयोजित म्याराथनमा पार्कीले गतवर्षका विजेता नेपाली सेनाका धावक खड्कबहादुर खड्कालाई पछि पार्दै नगद दुईलाख राशीको पुरस्कार थापे । पार्कीको यो दोस्रो उपाधि समेत हो । उनले यसअघि छैटौं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपिएफकै किरणसिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे । महिला तर्फको प्रतिस्पर्धामा सन्तोषी श्रेष्ठले उपाधिमा ह्याट्रिक गरेकी छन्। सातौं संस्करणको पहिलो उपाधि जितेकी सन्तोषीले आठौं र नवौंमा समेत आफनो उत्कृष्ट लयलाई कायमै राख्दै उपाधिमा ह्याट्रिक गरेकी हुन् । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् ।
प्रथम भएसंगै सन्तोषीले ७५ हजार नगद हात गरेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजनामा भएको हो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन नियमित रुपमा हुँदै आएको छ । नेपालगन्ज म्याराथन अन्तराष्ट्रिय(एम्स) मान्यता प्राप्त म्याराथन समेत हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…