
पोखरा-अर्जुन ऐरीको उत्कृष्ट बलिङ प्रेरित सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गर्र्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनलको सम्भावना जिवितै राखेको छ । सेमिफाईनलको लागि गण्डकी र लुम्बिनी प्रदेश बीचको खेलसम्म कुर्नुपर्ने छ । यद्यपी अघिल्लो गण्डकीले सशस्त्र प्रहरी बललाई दुई बलबाँकी छदाँ ४ विकेटले पराजित गरेको थियो ।
सेमिफाईनल प्रवेश जिवितै राख्न जित्नै पर्ने दबावमा रहेको सशस्त्रले टस जित्दै सात विकेटको क्षतिमा १५१ रन बनायो । नेपाली राष्ट्रिय टोलीका भरपर्दा व्याटर आशिफ शेखलाई १३ रनमै गुमाएको सशस्त्रले प्रदीप ऐरीको ओपनिङ ३० रन र आठौंमा आएका लोकेश बमले १३ बलमा ३२ रनको अविजित इनिङ खेल्दै १५१ रनको स्कोर तयार भएको थियो । लोकेशले १३ बलमा ३ चौका र ३ छक्का हिर्काए । उनीभन्दा अघि ओपनर ऐरीले २५ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । पुरन विक २३ रन खेल्ने क्रममा कृष्ण कार्कीले रन आउट बनाए । सुमित महर्जनले १८ रनको योगदान दिदाँ अर्जुन ऐरीले १७ बलमा २५ रन बनाई रनआउट भए । उनले दुई चौका र एक छक्का हिर्काए । रमेश कुर्मी र अभिषेक गौतमले समान २ विकेट लिए ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश केवल ९ विकेट गुमाउँदै ६७ रनमा समेटियो । अर्जुन ऐरीले दशौ ओभरमा दुई र बाह्रौं ओभरमा ३ विकेट लिएपछि लुम्बिनी सस्तैमा समेटिएको थियो । ऐरीले चार ओभरको बलिङमा केवल ७ रन मात्रै खर्चिए । प्लयेर अफ दि म्याचको हकदार बने । लुम्बिनीका लागि सर्वाधिक रन मृनाल गुरुङले बनाए । उनले २२ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए । रोशन गुप्ताले १३ र धुर्व सुनारले ११ रनको योगदान गरे । बाँकी व्याटरको दोहोरो अंकको रन स्कोरबोर्डमा लेखिएन् । अर्जुन ऐरीले ५ र भुवन कार्कीले २ विकेट लिए । भुवन र अमर राउटेलाले प्रतियोगितामा समान एक मेडन राखेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…