
पोखरा-पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो । पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो ।
पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ । दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल हात पाएको छ । क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो ।
आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो । प्रतियोगिता संयोजक बिनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरि १२ वटा शैक्षिक संस्थाले प्रतिश्पर्धा गरेका थिए । भलिवल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुद सहित विविध कार्यक्रम आयोजना गर्दैछ । खेलमार्फत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको पराजुलीले बताईन । विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने उनले बताईन । उनले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताईन


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…