सशस्त्रलाई पराजित गर्दै मधेश फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १४ गते २०८० मा प्रकाशित


पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बल ११ रनले परातिज गर्दै फाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको मधेशले पहिलो विकेट कप्तानलाई १० रनमै गुमाएपछि दबावमा रह्यो । अर्का ओपनर अनिल साह र इमरान खानले दोस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरे । दुवैले अर्धशतकीय पारी खेल्दै ९२ रनको साझेदारी निभाए । मधेशले ६ विकेटको क्षतिमा १९७ रनको स्कोर तयार पार्यो ।

साहले ३६ बल खेल्दै ५७ रनको योगदान गरे । उनले २ चौका र ६ छक्का हिर्काए । अमर राउटेलाको बलम आशिफ शेखबाट क्याच भए । इमराख शेखले पनि महत्वपूर्ण इनिङ खेल्ने क्रममा ३२ बलमा ५० रन पुरा गरे । तीन चौका र चार छक्का किाए । उनी मौसम ढकालको बलमा बोल्ड भए । उनीपछि क्रिज छिरेका पवन सर्राफ र रुपेश सिंहको जोडीले पनि स्कोर उकास्ने प्रयास गरे ।
सर्राफले ३३ रन १९ बलमा बनाए । चार चौका र दुई छक्का व्याटबाट निस्कियो । मौसम ढकालको बलमा सन्दीप जोराको हातबाट क्याच भए । सिंहले पनि २१ रन जोड्न ८ बल खेल्दै तीन चौका र एक छक्का स्कोर बोर्डमा लेखाए । मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चिए । ३ विकेट लिए । अमर राउटेलाले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । अरुण ऐरी सर्वाधिक महंगा देखिए । उनले एक ओभरमा १७ रन खर्चिए ।

१९८ रनको बलियो लक्ष्य पछ्याएको एपीएफले १८६ रनमा समेटियो । ओपनर प्रदीप ऐरी र सन्दीप जोराले महत्वपूर्ण साझेदारी गरे । तेस्रो विकेटको लागि १०६ रनको साझेदारी गरे । प्रदीपले अर्धशतकीय पारी खेल्दै अगाडि बढे । ४२ बलको सामना गर्दै ५ ५ रन बनाए । तीन चौका र चार छक्का हिर्काए । सन्दीप जोरा र अरुण ऐरीलाई चौधौं ओभरको तेस्रो र चौथो बलमा गुमाएपछि दबावमा रह्यो । जोराले ३१ बलमा ५४ रन हिर्काए । तीन चौका र पाँच छक्का प्रहार गरे । उनी सर्राफको बलमा मायान यादवको हातबाट क्याच भए । १५ औं ओभरमा सशस्त्रले पुरन विक र त्यसपछि कप्तान प्रदीप ऐरीलाई गुमायो ।

लोकेश बमले पनि १४ बलमा ३२ रन बनाउँदै लक्ष्यलाई साँघुरो बनाएका थिए । यद्यपी अन्तिम ओभरमा जितको लागि १६ रनको खाँचो थियो । १९ औं ओभरको अन्तिम बलमा बम आउट भएपछि थप दबावमा सशस्त्र परेको थियो । बमले १५ बलमा खेल्दै तीन चौका र दुई छक्का हिर्काएका थिए । लोकेश विशाल पटेलको बलमा आउट हुन पुगे । विशाल पटेलले तीन र हरिशंकर साह तथा प्रदीप पासवानले समान २ विकेट लिए । मधेश प्रदेशका व्याटर अनिल साह प्लयेर अफ दि म्याच घोषित भए ।मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा शुक्रबार मधेश प्रदेशले उपाधिको लागि त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।