
पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ । कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो ।
एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोचिङ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन् । एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कोचिङ कोर्ष अन्यौलमा परेको थियो । केही दिन अघि मात्रै हेटौडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोचिङ कोर्ष आयोजना गर्ने जिम्मेवारी कास्की जिल्ला फुटबल संघलाई दिइएको हो ।
कास्की जिल्ला फुटबल संघले अधिवेशवन अघि नै सी लाईसेन्स कोचिङ कोर्षको लागि मागसहित निवेदन पेश गरेको थियो एन्फालाई आर्थिक भार नपर्ने गरी कोर्षको कार्यक्रम गर्न स्वीकृति दिएको हो । कोर्षमा २४ जनाले सहभागिता रहेको छ । राष्ट्रिय खेलाडी, डी लाईसन्ेस प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले) सहभागिता जनाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए सबै खेलाडी तथा कम्युनिटी कोर्ष गरेकाहरुले पाउने उनको भनाई थियो । कोचिङ कोर्षमा खास गरी गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकता दिईने उनले सुनाए । कोर्ष एकहप्ताको हुने छ । प्राविधिक रुपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान रहेको छ । पास भएकाहरुले मात्रै लाईसेन्स पाउने उनले बताए । कोर्ष दुईचरणमा हुने छ । दोस्रो चरणको कोर्ष भने पाँचदिनको हुने छ ।
प्रशिक्षक हरि खड्का तथा सन्जीव सिंहले प्रशिक्षण गराउने छन। सहभागिहरुको पोखरा रंगशाला फुटबल मैदानमा प्राक्टिकल समेत हुने छ । कोचिङ कोर्षको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उदघाटन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…