पुस अन्तिम साता माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २९ गते २०८० मा प्रकाशित


पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । गाँउपालिकाले आगामी पौष २६ गते देखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०’ गर्ने निर्णय गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छे«कोे व्यवस्थापनमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताईन् ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको छ । गण्डकी प्रदेशका अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट सहभािगता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिकष्ृण अर्यालले बताए । प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिए ।

सेमिफाइनलमा उपविजेता (२ टिम ) लाई रु ५०÷५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत तर्पmःउल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ । पौष २३ गते दिनको ठिक ४ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने साथै पौष २५ गते खेल तालिका सार्वजनिक गरिने छ ।