
ब्याडमिन्टन
ललितपुर-ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअर्को हप्ताहुने भएको छ ।
यहिपौष ३ गते बाट हुने ¥याङ्किगप्रतियोगिता समेत रहेको प्रतियोगिताको मूख्यप्रायोजकमाललितपुर नगरपालिकाको रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल (खुला) गरि ६ बिधामाप्रतिस्पर्धा हुने आयोजकललितपुर जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतियोगितामापुरुषएकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपबिजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको खर्च करिव ३० लाख रहेकोछ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमाहुने प्रतियोगिताललितपुर बालकुमारीस्थितबालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमापौष ३ देखि ७गते सम्मसंचालनहुनेछ ।प्रतियोगिताबिश्व ब्याडमिन्टन महासंघ, एशियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला, क्लब र अन्य गरि करिव ४०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…