
काठमाडौं-नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् ।
अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाईलन प्रवेशका लागि सेनाकी रेहना शेरचनसंग प्रतिस्पर्धा गर्नेछिन् । रेहनाले पोखरा ब्याडमिन्टन क्लबकी आयुश्मा नेपाललाई २१–१०, २१–१३ ले पराजित गरेकी हुन् ।
पुरुष एकलकै अर्को प्रतिस्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले सेनाका रोशन साउदलाई २१–७, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रिन्स संगको भेट पक्का गरेका छन् । एपिएफका प्रिन्सले सेनाका डेभिड थापा मगरलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स कलबको सहआयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फको अर्को खेलमा सेनाकी अनुमाया राईले एपिएफकी रिना तामाङ्गलाई २१–८, २१–६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेकी छिन् । यस्तै नेपाल पुलिसकी निता लम्साल र कस्तुरी कलेजकी सिमा राजबंशी विच भएको खेलमा निताले २१–१२, २१–१४ को जित हात पारिन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु १७ पुरुष एकल तर्फ सेनाका सुप्रिम पन्थ, कविर के।सी। र अभय महरा तथा गुल्मीका जेनिश शेरचनले पनि सेमिफाईनलमा स्थान बनाए । सुप्रिमले नेपालगंजका राजेश बि।सी।लाई २१–१८, २१–१२, कविरले एपिएफका अरुण अधिकारीलाई २१–१७, २१–८, अभयले सेनाकै सुविन श्रेष्ठ ९बी०लाई २१–१४, २२–२० ले तथा जेनिशले सेनाका सुविन श्रेष्ठ ९ए०लाई २१–१७, २१–१० ले पराजित गरेका हुन् ।
पुरुष ४५ बर्ष माथीको युगलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी, चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेल, पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्ग र कास्कीका डोल राज आले र कुश्माका प्रेम गुरुङ्गको जोडीले पनि सेमिफाईनलमा स्थान पक्का गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…