
पोखरा-स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको बर्चस्व रहेको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते । आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने ।
निर्धारित २५ किलोमिटरको दुरीलाई १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका उपबिजेता बने । श्रेष्ठले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा निर्धारित दुरि १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै आर्मीकै सुशील कुमार शाहीले तेस्रो स्थान सहित नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
त्यसैगरी २१ वर्ष मुनिको १० किलोमिटर पुरुष खुल्ला दौडतर्फ तनहुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधि संगै गुरुङले नगद ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपबिजेता बन्न पुगे । उपबिजेता रोकाले नगद २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्रापत गरे । पोखराकै मनोज रोकाले निर्धारित दुरि ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थान संगै नगद १० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारे बुढाले निर्धारित दुरि २१ मिनेट १८ सेकेण्डमा पार गर्दै उपाधि संगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । निर्धारित दुरि २३ मिनेट १६ सेकेण्डमा पार गर्दै दाङका सुस्मिता कुमारी चौधरि उपबिजेता बनिन । उपबिजेता चौधरिले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन । प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भईन । तामाङले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भईन ।
प्रतियोगिताका बिजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागि समेत फ्री टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सवभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले समेत सहभागीता जनाएका थिए । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्री हरु दिपक चर्ती मगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद मीन प्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेलकुदको माध्यामबाट ग्रामीण क्षेत्रको बिकासमा थप टेवा पुग्ने वताउदैै कोल्माको बिकासका लागी आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने वताए । प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले सातसय कोल्मा सम्पर्क मञ्चले राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गरी खेलकै माध्यामबाट कोल्मामा पर्यटक भित्रयान सफल भएको वताउदै गाँउको बिकासका लागी सम्पूर्ण राजनैतिक दलहरु एकजुट हुनुपर्ने वताए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…