
पोखरा-शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्रचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् । आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा बज्रचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाईनल निकै रोमाञ्चक बन्यो । पहिलो सेट आफनो पक्षमा पार्दै खड्काले शीर्ष बरियताको शाख जोगाउने प्रयासमा देखिए । तर दोस्रो सेटमा खेलमा फर्किएका बज्रचार्यले निर्णायक सेट टाईब्रेकरमा टुग्याउँदै उपाधि आफनो नाममा लेखाए । बज्रचार्यले खड्काको चुनौतिलाई ४–६, ६–२ र ७–६ को सेटमा पन्छाएका थिए ।
महिला तर्फका उपाधि सोनिरा थापाको नाममा लेखियो । उनले अभिलाषा विष्टलाई पराजित गर्न तीन सेट खेलिन् । थापाले पनि उत्कृष्ट कमब्याक गर्दै उपाधि आफनो बनाईन् । पहिलो सेट ०–६ मा गुमाएका थापाले दोस्रो सेट ६–१ र निर्णायक सेट ६–२ ले लिदैं उपाधि जित्न सफल भईन् ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको उपाधि भने कमल भण्डारीले जिते । उनले सन्तोष खत्रीलाई ७–५, ६–४ को सेटमा पराजित गरेका थिए । त्यस्तै ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा रोहित सुनुवाले महेश श्रेष्ठलाई ५–७, ६–१ र सुपरटाई १०–७ ले पराजित गरेका थिए । ५५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पन्छाएका थिए ।
खुल्ला महिला तथा पुरुष विजेताले नगद ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उपविजेताले ४० हजार पाए । त्यस्तै ३५ वर्षमाथिको उमेर समूहको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरे । ४५ वर्षमाथिको उमेर समूहको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजार पाउँदा ५५ वर्षमाथिको उमेर समूहको विजेताले ३० र उपविजेताले नगद १५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका निर्देशक किरण केसी लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका निर्देशक राजन पौडेलका अनुसार महिला तर्फ १२ र पुरुष तर्फ दुईसय १३ जना टेनिस खेलाडीहरुले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…