file pic
पोखरा-पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ«े फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदैं छ । माघ १ गते माघेसंक्रान्तिको अवसरमा ढुंगेसाँघुमा आयोजना हुने साँस्कृतिक मेलामा कास्की जिल्ला क्योकुशिन कान कराँते संघले वर्षेनी फुलकन्ट्याक्ट कराँते प्रतियोगितालाई निरन्तरता दिएको छ ।
यही पुस २९ गते पोखरा रंगशालामा शुरु हुने छ । फाईनल प्रतिस्पर्धा ढुंगेसाँघुको मेलामा समापन हुने छ । प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ पाँचवटा तौल समूहमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्योकुशिन कान कराँते संघका अध्यक्ष लक्ष्मण कुँवरले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ ४० केजी मुनि, ४५ मुनि, ५० मुनि, ५५ मुनि, ६० मुनि र ६० केजी माथिको खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने छ । त्यस्तै महिला तर्फ ४०, ४५, ५०, ५५ मुनि र ५५ केजी माथिको खुल्ला तौल समूहमा उपाधि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा सुदुरपश्चिम बाहेकका प्रदेशहरुका खेलाडीले पोखरा रंगशाला र ढुँगेसाँघुको कराँते एरिनामा भिड्ने छन् । पुस २९ गते पोखरा रंगशालामा सेमिफाईनलसम्मको प्रतिस्पर्धा गराईने छ । तौल समूहमा झण्डै एकसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघले जनाएको छ । विजेतालाई ट्रफी तथा पदक प्रदान गरिने छ । प्रतियोगितालाई पोखरा महानगरपालिका, विभिन्न विद्यालय, विदेशमा रहेका क्योकुशिन कान कराँतेका पूर्व राष्ट्रिय खेलाडीहरुले आर्थिक सहयोग जुटाएका छन् । मेलामा हुने प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रमसहित खेलाडीहरुको प्रदर्शन(डेमोष्टे«सन)समेत हुने छ ।