दुई पुलिस क्लब बीचको उदघाटन प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २९ गते २०८० मा प्रकाशित


पोखरा-दुई विभागीय पुलिस बीचको प्रतिस्पर्धासँगै चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० शुरु सोमबारदेखि हुदैं छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धामा महिला तथा पुरुषको उदघाटन प्रतिस्पर्धा दुई पुलिस बीच हुने छ ।

सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिता शुरु हुने छ । महिला तर्फ विहान एपीएफले नेपाल पुलिससँगै खेल्दै भलिबलको रौनकता दिने छ । दोस्रो खेलको रुपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष तर्फको खेल दिउँसो हुने छ । सशस्त्र प्रहरीले नेपाल पुलिससँग पहिलो खेल खेल्दा दोस्रो खेल गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिला तर्फ ६ गरि कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ ।

बिशेष सहयोगीको रुपमा गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, मणिपाल शिक्षण अस्पताल, सिटिजन फर्निचर ट्रेड लिंक न्युरोड, एसियन पेन्टस् प्रा.ली, रोड शो ईन प्रा.ली, अन्नपुर्ण केबुलकार प्रा.ली, एक्सटेप फेसन स्पोर्टस, केल्मी नेपाल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, अटोवेज प्रा.लि., वतास बर्दश अर्गनाईजेशन, मुक्तिनाथ बिकास बैंक, विश्वकर्मा सप्लायर्स, मनकामना केबुलकार प्रा.लि., कास्की जिल्ला खेलकुद बिकास समिति, कास्की जिल्ला कवाडी संघ, व्यवस्थापन गण्डकी प्रदेश भलिबल संघ÷जिल्ला भलिबल संघ कास्की, प्रवद्र्धक पोखरा पर्यटन परिषद रहेका छन् । । चौथो टाइगर कप पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भारतको हरियाणा क्लब प्रतिस्पर्धा गर्ने जानकारी आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले आईतबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

गण्डकी प्रदेशको पुरुष र महिला टिममा ३÷३ जना भारतीय खेलाडीलाई समावेश गरिएको उनले बताए । भारतीय राष्ट्रिय टिमका टिम कप्तान बिनितकुमार चौधरी समेत छन् । हेल्प नेपाल स्पोटर्स क्लबबाट पाकिस्तानी राष्ट्रिय टिमका भाईस कप्तानमोहमद कासिब सहित ३ जना पाकिस्तानी खेलाडीहरु सहभागी रहेका छन् । भारतको हरियाणा महिला टिमको नेत्तृव भारतीय राष्ट्रिय महिला टिम कप्तान मिनीमोल अब्राह्रमले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतियोगिता विजेता दुवै समुह महिला÷पुरुष तर्फका टिमहरुलाई पाँच लाख ५५ हजार पाँच सय ५५ पचपन्न रुपैयाँ प्रदान गरिने छ । द्धितीय पुरस्कार दुई लाख २५ हजार पाँच सय पचपन्न र तीतृय पुरस्कार एक लाख २५ हजार पाँच सय पचपन्न रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । साथै बिधागत तर्फ विजेता खेलाडीलाई आकर्षक जुत्ता उपहार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल प्रदान गर्नेछौं । यस वर्ष प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने दर्शक महानुभाव मध्येबाट टिकटको अर्धकट्टीबाट भाग्यमानी दर्शकलाई एक थान टिसर्ट प्रदान गरिने छ । फाईनल खेलमा भाग्यमानी दर्शकलाई बम्पर उपहार स्वरुप वल्र्ड भिजन महेन्द«पुलको तर्फबाट एक थान सामसुङ मोवाईल प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।