
पोखरा-अर्को महिना मलेसियमा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ । टोली सोमबार आईपुगेको हो । मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्ने छ ।
आगामी फेब्रुअरी ८ देखि १९ सम्म मलेसियामा एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आयोजना हुदैं छ । त्यसको लागि पोखरामा बन्द प्रशिक्षण गर्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । एसिसीको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको तयारी गर्न नेपाल क्रिकेट संघले आवश्यक सहयोग गर्न प्रदेश संघलाई परिपत्र गरेको छ । संघका अनुसार माघ २ गतेदेखि बन्द प्रशिक्षण शुरु हुने छ । ‘टोली जनवरीको महिनासम्म पोखरामै प्रशिक्षणमा रहने छ ।’ अध्यक्ष सिग्देलको भनाई छ ।
महिला राष्ट्रिय क्रिकेट टोली पोखरामा बन्द प्रशिक्षणको लागि यस अघि पनि आएको थियो । पोखरामा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६ मंसिर १५ देखि २४ सम्म आयोजना हुदाँ महिला क्रिकेट टोलीले पोखरामै बन्द प्रश्क्षिण गरेको थियो । राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा गण्डकी प्रदेशबाट ज्योत्स्निका मरासिनी समावेश छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…