
पोखरा-पोखरामा फेरी एकपटक टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिको लागि सशस्त्र प्रहरी बल(एपीएफ) र चन्द्रगिरी न्यु डायमण्ड बीच हुने छ । उनीहरु दुवैले बिहीबार आफना प्रतिस्पर्धीको चुनौतिलाई पन्छाउँदै उपाधि निकट पुगेका हुन् । शनिबार उपाधि प्रतिस्पर्धा हुने छ ।
विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीमाथि उत्कृष्ट पुनरागम जित निकाल्दै फाईनल प्रवेश गर्यो । दुई सेट गुमाएर पनि विचलित नबनेको एपीएफले पछिल्लो तीन सेट आफनो पक्षमा पार्दै धैर्यताको नमुना प्रस्तुत गर्यो । पहिलो सेट १९–२५ मा आर्मीलाई सुम्पिएको थियो । दोस्रो सेट पनि आर्मीलाई सुम्पिन सुधार गर्यो । २०–२५ को सेटमा आर्मीलाई सुम्पिएको थियो । दुई सेटले अग्रता लिएको आर्मीले भने तेस्रो सेटदेखि फितलो प्रदर्शन गर्यो । सशस्त्रले उत्कृष्ट खेल पस्किने क्रममा तेस्रो सेट २५–१३ मा लिदैं खेलमा कमव्याक गर्ने संकेत देखायो । चौथो सेट २५–१६ मा लिएपछि सशस्त्र आर्मीमाथि हावी हुन पुग्यो । बराबरी सेटमा रहेको खेल सशस्त्रले आर्मीलाई कुनै मौका दिएन् । यद्यपी पाँचौ निर्णायक सेट भने रोमाञ्चक नै बन्यो । १५–१३ मा सेट गुमाउँदै आर्मी पोखराको कोर्टमा उपाधि खोज्ने प्रयास अर्को वर्ष धकेलिएको छ । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भईन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा विभागीय क्लब नेपाल पुलिस क्लब भने चन्द्रागिरी न्यु डायमण्डसँग सोझो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ । खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् । एपीएफ दोश्रो र तेश्रो सस्करणको च्याम्पियन हो । चौथो सस्करण जितेमा एपिएफले टाइगर कपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…