
पोखरा-गण्डकी प्रदेशले पुरुष तर्फ चौथो टाईगर कपमा अन्तिम चारमा प्रवेश गर्दा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जितले पनि सेमिफाईनल प्रवेश असम्भव बन्यो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गर्दै भाग्यमानी बन्यो ।
खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ कोर्टमाा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीको एपिएफ क्लवको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार हुने पुरुषतर्फको सेमीफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोश्रो खेल एपिएफ र गण्डकीका बीच हुनेछ त्यस्तै महिलातर्फ तेश्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुबन क्लवले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…