महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

तेश्रो स्थान प्राप्त गरे संगै ट्रफी, मेडल, प्रमाणपत्रका साथमा नगद रु १ लाख २५ हजार ५५५ प्राप्त गरेको छ ।