
पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बलको चुनौतिलाई पन्छाउँदै गण्डकी प्रदेश भलिब संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले शुक्रबार सशस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै घरेलु कोर्टमा उपाधि निकट पुगेको हो । तेस्रो पटक उपाधिको लागि गण्डकी पदेशले हेल्प नेपाल स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गरेका थिए ।
शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा पहिलो सेट २५–१८ ले पाहुना टोलीलाई सुम्पिएको टिप टपले हेल्प नेपालले पछिल्ला तीन सेटमा लगातार २५–१४, २५–१८ र २६–२४ ले जित्दै उपाधि यात्रामा आफूलाई उभ्याएको छ । त्यस्तै गण्डकीले विभागिय टोली एपिएफलाई २५–१७, २५–२० र २५–२२ ले जित्दै फाइनलमा स्थान बनाएको हा् ।
फाईनल खेल्ने दुवै टोलीमा विदेशी खेलाडी छन् । हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी छन् । गण्डकी प्रदेशमा भने तीन भारतीय खेलाडीलाई समावेश गरेको छ । दुवै टोली उपाधि उल्चाने लक्ष्यमा हुदाँ विदेशी खेलाडीको प्रदर्शनमा भर पर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…