
पोखरा-चीरपरिचित क्लब चन्द्रगिरी न्यु डायमण्डसँगको भेटमा सशस्त्र प्रहरी बलले पोखराको भलिबल कोर्टमा सोझो सेटको जित निकाल्दै टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डको चुनौतिलाई सशस्त्रले सोझो तीन सेटको नजिता निकाल्दै उपाधिमा ह्याट्रिक गर्ने पहिलो टोली बन्यो ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति निकै बाक्लो थियो । यसले खेलकुद अनि भलिबलप्रतिको क्रेजलाई दर्शाएको छ । दर्शकको उपस्थितिले आयोजकलाई हौसला र उर्जा थपिदिएको छ । पहिलो सेटमा एपीएफले २५-२० मा लिदैं न्यु डायमण्डमाथि दबाव शुरु गर्यो । दोस्रो सेट अझै सहज रुपमा लिदैं सशस्त्रले उपाधि ह्याट्रिक गर्ने अग्रसर बन्यो ।
दोस्रो सेट २५-१८ मा हराउँदै उपाधिको लागि अझै बढी आत्मविश्वासी देखियो । तेस्रो सेट २५-२१ ले लिदैं सशस्त्रले उपाधि जित्यो । उपाधिमा ह्याट्रिक गर्यो । ह्याट्रिक गर्ने सशस्त्र पहिलो टोली समेत बन्यो । जितसँगै सशस्त्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार थाप्यो । उपविजेजता न्यु डायण्डले नगद २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…