
पोखरा-वर्षदिनको पखाईपछि पोखरा रंगशालामा फुटबलको रौनक शुरु हुदैं छ । सहारा क्लबद्वारा आयोजित २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात हुदैं छ । सहारा क्लब आफैं उदघाटन खेल खेल्दै गोल्डकपको यात्रा थाल्ने छ । सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ ।
क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई टोलीमा समावेश गरेको छ । कप्तान सुशिल लामाले गर्ने छन् । गोलकिपरको भूमिकामा सुदुर पश्चिमका टेकेन्द्र थापा देखिने छन् । अमृत तामाङ, पासाङ, आशिष गुरुङ, मुकुन्द निउरे, भागवत चौधरी, अनिष लिम्बु, लक्ष्मण रुचाल, सन्तोष शाही, अभिषेक रानामगर तथा विशाल नेपालीलाई समावेश गर्दै सहारा क्लबले टोली तयार गरेको छ । जुन टोलीले थ्रीस्टारको चुनौतिलाई पन्छाउने योजनामा छ । परतियोगिताको उदघाटन पोखरा महानगर र्पमुख धनराज आचार्यले गर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…